samajikkhabar.com

सोलुखुम्बु : प्रहरीले सोलुखुम्बु दुधकुण्ड–८ चागेस्थानमा रहेको चागेस्थान मन्दिरबाट मुर्ति चोरी गर्ने १ जना पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मन्दिप चौहानका अनुसार स्थानीय ३५ वर्षीय रमेश मगरलाई चोरीका मुर्तिसहित पक्राउ गरिएको हो ।

सोमबार दिउसो मन्दिरबाट दुई वटा सिंहको मुर्ति हराएपछि मन्दिर समितिले प्रहरीलाई खबर गरेको थियो । खबर पाएलत्तगै खोजतलासमा जुटेको प्रहरीले मगरलाई चोरी गरी लगेको मुर्तिसहित छिमेकी जिल्ला ओखलढुंगाबाट पक्राउ गरेको हो।

samajikkhabar.com