samajikkhabar.com

काठमाडौ : काठमाडौमा लगातार तीन पटक निषेधाज्ञा थपिएको छ । ब्यवसायीहरुले भने अब निषेधाज्ञा जारी नराखेर ब्यवसाय सुचारु गर्ने वातावरण बनाउन माग राख्दै आएका छन् । तर पनि तेस्रो पटक उपत्यकामा निषेधाज्ञा थपिएको छ । ब्यवसायीहरु प्रशासनको निषेधाज्ञा लगाउने निर्णयवाट रुष्ट भएका छन् । तर नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भने अब पनि निषेधाज्ञा जारी रहे अवज्ञा गर्ने निर्णय गरेको छ । नाडाले २५ गते देखि सम्पूर्ण व्यवसायीलाई नियमित रुपमा व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ।

नाडाको आज (सोमबार) बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालयले तेस्रो पटक थपेको निषेधाज्ञा भदौ २४ गते सम्म सकिदैछ । फेरी पनि निषेधाज्ञा थपिए अवज्ञा गर्ने निर्णय गर्दै व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ ।

नाडाका अध्यक्ष कृष्ण प्रसाद दुलालले १ सय ८० दिन सम्म सरकारको आदेश मानेर बसेको भए पनि अब पनि त्यसरी बस्न नसक्ने अवस्था आएको बताएका छन् । उनले अब जुनसुकै अवस्थामा लकडाउनको पालना नगर्ने गरी सबै व्यवसायीलाई आफ्नो व्यवसाय सञ्चालन गर्न आग्रह गरिएको बताए।

उनले सरकारले देशको अर्थतन्त्रलाई बुझेर व्यवसाय गर्न पाउनेगरी सहजिकरण गर्नुपर्ने माग राखेका छन् । सरकारले त्यस्तो व्यवस्था नगरेपनि निषेधाज्ञालाई तोडेर अथवा विद्रोह गरेर भएपनि व्यवसाय सञ्चालन गर्ने बताए।

सरकारी कर्मचारीहरुले काम नगरेपनि तलब भत्ता आइराख्ने भएकाले ब्यवसायीको मर्का बुझ्न नसकेको उनको भनाई छ । उपत्यकाका सिडिओहरुले भने दर्शैसम्म निषेधाज्ञा लागू गरेर सिमानामा सेना राख्न सरकारलाई सुझाव दिएको बेलामा ब्यवसायीको यस्तो निर्णय आएको हो । घरमै बसिबसि तलब भत्ता आउने भएपछि किन लकडाउन खोल्ने उनले भने ।

उनले कोरोना नियन्त्रणका लागि शोक मनाएर बस्दाबस्दै भोक लाग्ने बेला भइसकेकाले यस्तो निर्णय गर्न बाध्य भएको बताए। पछिल्लो समय भारत पाकिस्तान लगायत विश्वभर लकडाउन खुलिसकेको अवस्थामा नेपालमा पनि खोल्नुको विकल्प नभएको उनको भनाई छ ।

samajikkhabar.com