samajikkhabar.com

काठमाडौ : धनुषामा स्थानीय र प्रहरीको विवादमा झडप भएको छ । झडपमा प्रहरी निरीक्षक सहित पाँच जना घाइते भएका छन्। खोलामा बगेर आएको काठ लैजाने विषयमा भएको विवाद झडपमा परिणत भएको थियो । धनुषाको बटेश्वर गाउँपालिका–५ शान्तिपुरमा स्थित औरही खोलामा बगेर आएको सालको काठ लैजाने विषयमा विवाद भएको हो ।

गए राति करिब १० वजेतिर प्रहरी र स्थानियबीच झडप भएको हे । झडपमा प्रहरी निरिक्षक दीपक राय र प्रहरी जवान रामविश्वास परित घाइते भएको प्रहरीले जनाएको छ । काठ लिन गएका स्थानिय र प्रहरीबीच भएको भनाभनपछि झडपमा परिणत भएको हो ।

महेन्द्रनगर स्थित एक क्लिनिकमा घाइते प्रहरी निरीक्षक र प्रहरी जवानको उपचार भइरहेको छ। प्रहरीको लाठी चार्जबाट भाइते स्थानीय तीनै जनाको उपचार रमदैयास्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा भइरहेको छ ।

बटेश्वर गाउँपालिका र क्षिरेश्वरनाथ नगरपालिकाको बीचबाट बग्ने औरही खोला बग्छ । सोही खोलामा राती सालको काठ बगेर आएको थियो । त्यो काठ प्रहरीले आफुले लैजान लागेपछि स्थानि प्रतिवादमा उत्रिएका हुन् । त्यहाँ रहेका मुसहर समुदायले तीन फिट मोटो सालको काठ आफुले लैजानुपर्ने बताउँदै प्रहरी माथि जाइलागेका थिए ।

samajikkhabar.com