samajikkhabar.com

काठमाडौ : केही दिन पहिला क्यान्सर भएको थाहा पाएका उनी अहिले उपचारका क्रममा छन् । उनलाई फोक्सोको क्यान्सर भएको पुष्टि भएको हो ।

अमेरिका उपचारको लागि जाने भनिएको भएपनि फिल्मको सुटिगं नसकिएका कारण उनी अहिले मुम्बईमै छन् । मुम्बईमै उनको उपचार सुरु भएको छ ।

बलिउड अभिनेता सञ्जय दत्तका फ्यानका लागि खुसीको खबर सार्वजनिक भएको छ । सञ्जयको किमोथेरापीको पहिलो चरण सफलतापूर्वक सम्पन्न भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । दोस्रो चरण को किमो थेरापी ८ सेप्टेम्बरबाट सुरु हुने पनि बताइएको छ ।

सञ्जयको आत्मविश्वासका कारण उनको दोस्रो चरणको थेरापी पनि सफल हुने विश्वास चिकित्सकले लिएका छन् । उनलाई कति चरण किमो दिनुपर्छ भन्ने अहिले नै खुलिसकेको छैन । क्या’न्सर पुष्टि हुनासाथ उनलार्ई उपचारका लागि दुवई र अमेरिका जाने सुझाव दिइएको थियो । उनको श्रीमती र परिवार दुवईमै थिए ।

सुरुमा कोरोना पुष्टि भएका संजयलाई कोरोना निको भएर घर फर्किएपछि अचानक शरिरमा अक्सिजनको मात्रा कम भएपछि अस्पताल भर्ना गरिएको थियो । उनलाई उपचारका लागि अमेरिका जान भनिएको भएपनि अहिले मुम्बईमा उपचार गरिरहेका छन् । उनले अमेरिकाको भिषा लिइसकेको भएपनि आफ्नै देशमा उपचार गराउने ठानेर मुम्बईमै उपचार गरिरहेको भारतीय सञ्चार माध्यले जनाएका छन् ।

samajikkhabar.com