samajikkhabar.com

काठमाडौं : काठमाडौंको चन्द्रागिरी नगरपालिका–१ झ्याङ्गाझिटीमा आफ्नै बाबु–आमालाई चक्कु प्रहार गरेको आरोपमा छोरालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार, शनिबार राति मापसे गरेर आफ्नै ५३ वर्षीय बावु श्यामकुमार तामाङ र ४८ वर्षीया आमा विष्णु तामाङलाई चक्कु प्रहार गरेर घाइते बनाएको आरोपमा ३२ वर्षीय छोरा श्री तामाङलाई पक्राउ गरिएको हो ।

महानरीय प्रहरी वृत्त थानकोटका प्रमुख डीएसपी घनश्याम श्रेष्ठका अनुसार मापसे गरेर राति घर पुगेका तामाङले आफ्नौ बाबु–आमालाई चक्कु हानेका थिए । घाइते दम्पतीलाई कलंकीस्थित शहिद मेमोरियल अस्पतालमा उपचार पछि डिस्चार्ज गरिएको छ ।

प्रहरीका अनुसार उनीहरुको गर्दनदेखि कानसम्म चोट लागेको छ ।

samajikkhabar.com