samajikkhabar.com

काठमाडौं : नेपाली काँग्रेसका सांसद एवम् अर्बपति विनोद चौधरी कोरोनाभाइरस संक्रमणबाट मुक्त भएका छन्। १० दिनको होम आइसोलेसनपछि चौधरीले कोरोना जितेका हुन् । 

१२ भदौमा कोरोना संक्रमित भएका चौधरीले शनिबार कोरोना संक्रमणबाट मुक्त भएको सामाजिक सञ्जालमार्फत जानकारी दिए ।

उनले फेसबुकमा लेखेका छन्, ‘१० दिनसम्मको एकान्तबासमा तपाईंहरुको माया र ऊर्जाले ठूलो हौसला दियो। त्यही ऊर्जाकै कारण कोरोना संक्रमणबाट मुक्त भएको छु । मैले जीवनमा तपाईंहरु जस्ता आफन्त, इष्ट मित्र, साथी भाइ र शुभेच्छुक कमाएको रहेछु। यस अर्थमा म आफूलाई अत्यन्तै भाग्यमानी महसुस गर्छु।’
 
यस्तै नेपाली काँग्रेस केन्द्रीय सदस्य डिना (महालक्ष्मी) उपाध्याय पनि २१ दिनमा कोरोना भाइरसबाट मुक्त भएकी छन् । उपाध्यायले शनिबार बिहान २१ औं दिनमा कोरोना परिक्षणको नेगेटिभ रिपोर्ट पाएकी हुन्। 

संक्रमित भएको ११औं दिनको रिपोर्ट पोजेटिभ आए पनि आजको रिपोर्ट नेगेटिभ आएको उनले बताइन् ।

samajikkhabar.com