samajikkhabar.com

दोश्रो खेलमा नेपालको सानदार कमब्याक टि–ट्वान्टी विश्वकप को एसिया छनोटमा नेपालको दोश्रो खेलमा मलेसियालाई ७ विकेटले हराएको छ । खेल सकिन एक ओभर बाँकि छँदै मात्र तिन विकेट गुमाएर लक्ष्य भेटेको हो । जितका लागि कप्तान ज्ञानेन्द्र मल्लले उत्कृष्ट पारि सम्हाले । ढाडको चोटका कारण पारस खड्का मैदान बाहिर रहेपछि ज्ञानेन्द्र मल्लले टोलि सम्हालेका थिए । खेल सुरु हुनुभन्दा अघि पानि परेपछि खेल ९ ओभरमा छोट्याइएको थियो । नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको थियो । मलेसियाले निर्धारित ९ ओभरमा ७ विकेट गुमाएर ८३ रन बनाएको थियो । मलेसियाका लागि सयद अजिजले ३० र बिरनदिप सिंह ले २१ बाहेक कसैले पनि दोहोरो अंक जोड्न सकेनन् । ८४ रनको लक्ष्य पुरा गर्ने क्रममा कप्तान ज्ञानेन्द्र मल्लले ५१ रनको बलियो योगदान गरे । टिमको लागि प्रदिप ऐरिले १२ र विनोद भण्डारीले अबिजित १३ रनको योगदान गरेका थिए । भने बलिङ तर्फ सोमपाल कामिले ३ बसन्त रेग्मि ले २ तथा करन केसि र सन्दिप लामिछानेले समान १–१ विकेट लिए ।

nepal vs malaysia, nepal won match with malasiya
nepal vs malaysia, nepal won match with malasiya
samajikkhabar.com