samajikkhabar.com

सोलुखुम्बु : सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा धेरै रगत बगेर एक जना सुत्केरीको ज्यान गएको छ । 

अत्याधिक रक्तश्रावका कारण महाकुलुङ गाउँपालिका वडा नम्बर ३ की २८ वर्षीया रबिमाया कुलुङको ज्यान गएको गाउँपालिका स्वास्थ्य संयोजक हरि आचार्यले जानकारी दिनुभयो । 

राति २ बजे छेस्काम स्वास्थ्य चौकीमा छोरी जन्माएकी कुलुङको रक्तश्राव नरोकिएपछि प्राथमिक स्वास्थ्य केन्द्र सोताङ लैजाँदै गर्दा बाटैमा ज्यान गएको हो ।

samajikkhabar.com