काठमाडौं : काठमाडौंको स्वयम्भुस्थित मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालको आकस्मिक कक्षमा उपचार गर्न ल्याइएको बिरामीमाथि २०-३० जनाकाे अज्ञात समुहले आक्रमण गरी अस्पतालमा तोडफोड गरेको छ ।
अस्पताल प्रसाशनका अनुसार बिहीबार राती ९:०२ बजेको समयमा स्ययम्भूमा रहेकाे मनमाेहन मेराेरियल मेडिकल कलेजकाे आकस्मिक कक्षमा अज्ञात समूह गुण्डागर्दी शैलीमा प्रवेश गरि दाेहाेराे भिडन्त भइ ताेडफाेड एवम् अर्काे पक्षका घाइतेलाइ फेरि सख्त घाइते हुने गरि आक्रमण गरेकाे थियो ।
उक्त समुहले आकस्मिक कक्षका चिकित्सक, नर्सिङ, प्यारामेडिक्स तथा सरक्षा गाडहरुलाई समेत हातपात गरि ईसिजि मेशिन, ड्रेसिड ड्रम, बस्ने टुल, टिबल फ्रासेब, एम्ब व्याग र अन्य मेडिकल उपकरणहरु तोडफोड गरेको र भिडन्तका क्रममा आकस्मिक कक्ष रक्ताम्य भएकाले हाललाई आकस्मिक सेवा बन्द गरिएको अस्पतालले जनाएको छ ।
अस्पतालकाे प्रेश विज्ञप्ति हेर्नुहाेसः-
