samajikkhabar.com

काठमाडौं : ललितपुरमा ट्राफिक प्रहरीका जवानमाथि निर्घात कुटपिट गरेका अभियोगमा ९ जना पक्राउ परेका छन् ।

पुल्चोकमा रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा भएको झडपपछि युवाहरुको समूहले ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेमाथि निर्घात कुटपिट गरेको थियो । त्यसमा संलग्न रहेको देखिएका व्यक्तिहरुलाई पक्राउ गरिएको ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले बताए ।

प्रशासनले निषेधाज्ञा लागू गरेको वेला युवाले विना अनुमति रथ तानेका थिए । त्यसलाई रोक्न ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले प्रहरीलाई निर्देशन दिएका थिए ।

पक्राउ परेका व्यक्तिलाई अहिले क्वारेन्टिनमा राखिएको छ । उनीहरुको पिसीआर जाँच गरेर कानुनी कारबाही अघि बढाइएने एसएसपी राईले बताए ।

पक्राउ परेका व्यक्तिविरुद्ध अभद्र व्यवहारको कसूर अन्तरगत मुद्दा चलाउने तयारी गरिएको जनाइएको छ ।

यो पनि पढ्नुहोस :

अध्ययनविनै सरकारले निषेधाज्ञा लगाउने र खोल्ने निर्णय गर्‍यो : कांग्रेस

वामदेवलाई राष्ट्रिय सभामा लैजान प्रधानमन्त्रीले नै गरे प्रस्ताव

काठमाडौं उपत्यकामा थप ४४५ जनामा कोरोना संक्रमण

१२२८ जनामा कोरोना संक्रमण पुष्टि

लगातार बढेको सेयर बजारमा साताको अन्तिम दिन सामान्य करेक्सन, २ अर्ब ६३ करोडको कारोबार

रातो मछिन्द्रनाथको रथ तान्दा झडप, प्रहरीले हान्यो अश्रुग्यास, स्थिती तनाबग्रस्थ

samajikkhabar.com