samajikkhabar.com

काठमाडौँ : बुहारीलाई बञ्चरो प्रहार गरी हत्या गर्ने जेठाजुलाई पक्राउ गरेको छ । काभ्रेको नमोबुद्ध नगरपालिका–८ दाप्चाबजार नजिकै घरमा रहेकी बुहारीलाई धरिलो हतियार बन्चरो प्रहार गर्ने जेठाजु पक्राउ परेका हुन् ।

बिहीबार बिहान ३५ वर्षीया रन्जना तिमल्सिना (अधिकारी) लाई धरिलो हतियार प्रहार गरी जेठाजु सुदर्शन अधिकारीले हत्या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रवीराज पौडेलले जानकारी दिए ।

सुदर्शन अधिकारीले आँगनमा भाडा माझिरहेको बेला रञ्जनालाई पछाडिबाट बन्चरो प्रहार गरेका थिए । बन्चरो प्रहारबाट रन्जनाको घटनास्थलमै मृत्यु भएको पौडेलले बताए ।

घरायसी झै–झगडाको कारण रन्जनाको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसनधानबाट खुलेको छ । कानुनी प्रक्रिया पूरा गरी मृतकको शव पोष्टमार्टमको लागि पठाइएको छ । 

यो पनि पढ्नुहोस :

हाडनाता करणीको आरोपमा दाजुबहिनी पक्राउ

भारतमा एकै दिन अहिलेसम्मकै धेरै ८२ हजारभन्दा बढीमा कोरोना संक्रमण

पारस खड्काको ब्याटिङ वरीयतामा सुधार, बलिङतर्फ सन्दीपको वरीयता यथावत

आजको राशिफल : २०७७ भदौ १८ गते बिहीबार

पिएसजी का त्रिमुर्ती नेयमार, डि मारिया र पारेडेस मा कोरोना संक्रमण पुष्टि

खुकुलो बनाइयो उपत्यकाको निषेधाज्ञा : के खुल्ने, के नखुल्ने ?

samajikkhabar.com