samajikkhabar.com

सोलुखुम्बु : हाडनाता करणीको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । महाकुलुङ गाउँपालिका २३ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको हो ।

एउटै आमाको पेटबाट जन्मिएका दाजु बहिनीले विवाह गर्न लागेको भन्दै आमाले प्रहरीमा उजुरी दिएकी थिइन ।

आमाले आफ्ना छोराछोरीले विवाह गर्न लागेको भन्दै प्रहरीमा उजुरी दिएपछि उनीहरु पक्राउ परेका छन् । बुधबार जिल्लाको महाकुलुङ गाउँपालिकाबाट २३ वर्षीय दाजु र १९ वर्षीय बहिनीले यस्तो गल्ती गर्न लागेपछि आमाले दिएको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको छ ।

प्रहरीका अनुसार दाजु बहिनीले प्रारम्भिक सोधपुछमा विवाह नै गर्न लागेको स्वीकार गरेका छन् । उनीहरुले विवाह गर्ने र आवश्यक परे गाउँ नै छाड्ने सहमति मै शारीरिक सम्पर्क समेत गरेको प्रहरी सामु बताएका छन्।

यो पनि पढ्नुहोस :

भारतमा एकै दिन अहिलेसम्मकै धेरै ८२ हजारभन्दा बढीमा कोरोना संक्रमण

पारस खड्काको ब्याटिङ वरीयतामा सुधार, बलिङतर्फ सन्दीपको वरीयता यथावत

आजको राशिफल : २०७७ भदौ १८ गते बिहीबार

पिएसजी का त्रिमुर्ती नेयमार, डि मारिया र पारेडेस मा कोरोना संक्रमण पुष्टि

खुकुलो बनाइयो उपत्यकाको निषेधाज्ञा : के खुल्ने, के नखुल्ने ?

एकैपटकमा ४ शिशु जन्माएपछि महिलाको मृत्यु

samajikkhabar.com