samajikkhabar.com

सिमकोट : हुम्ला जिल्लाको सर्केगाड सर्केघाड गाउँपालिका– ४ रोडिकोटको ठूलो गाउँमा भीषण आगलागी भएको छ । एक घरबाट शुरु भएको आगलागीबाट अहिले १५ भन्दा बढी घर जलेर नष्ट भएको आगालागीस्थलबाट स्थानीयवासी धर्मराज शाहीले बताए ।

बेलुकी करीब ६ बजेतिर एक्कासि गाउँमा आगलागी भएको जनाइएको छ । नियन्त्रणका लागि गाउँका सबै गए पनि केही गर्न नसकिएको बताइएको छ । पानीको हाहाकार भएकाले निभाउन सकिएको छैन । आगलागी नियन्त्रणका लागि गाउँपालिका केन्द्रबाट प्रहरीको टोली त्यसतर्फ पठाइएको जिल्ला प्रहरी प्रमुख सूर्यप्रसाद सुवेदीले जानकारी दिए ।

यो पनि पढ्नुहोस :

पिएसजी का त्रिमुर्ती नेयमार, डि मारिया र पारेडेस मा कोरोना संक्रमण पुष्टि

खुकुलो बनाइयो उपत्यकाको निषेधाज्ञा : के खुल्ने, के नखुल्ने ?

एकैपटकमा ४ शिशु जन्माएपछि महिलाको मृत्यु

पाठ्यभार घटाएर भए पनि शैक्षिकसत्र पूरा गरिन्छ : शिक्षामन्त्री

जिल्लामा सक्रिय संक्रमित २०० नाघे बन्दाबन्दी, ५०० नाघे निषेधाज्ञा जारी राख्न सिफारिस

नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २५० नाघ्यो

samajikkhabar.com