samajikkhabar.com

म BBs प्रथम बर्ष मा अध्यानरत एक बिध्यार्थी , काठमाडौमा कोठा भाडामा बसेर पढ्दै थिए , मध्यम बर्गिए परिवारबाट भएकोले सानो काम नगरी पढ्न सक्ने अबस्था भएन । जसोतसो राजधानी बसाइ र पढाइ चल्दैथियो , यतिकैमा जिन्दगिमा कोरोना प्रबेश गर्यो , लकडाउन सुरु भयो ।

चैत्र ९ गते घर आइयो। १०-१५ दिन सारै रमाइलो भयो, बन डुलियो, अनेक थरी पकाएर खाइयो, तास, लुडो ,फुटबल खेलेर नि दिन कटाइयो, थन्किएका कामहरु सप्पन्न गरियो, बर्सौ नभेटिएका साथिहरु पनि भेटिए। डाडा पारिको गाउमा एकजनामा RDT Positive देखियो भनेर एक हुल टोलि लिएर गाउँ आउने बाटोमा रुख ढालेर बाटो छेक्न पनि हिडियो।

आज सक्केला भोलि सक्केला अह लकडाउन खुल्ने छाटकाट आएन । रमरसमै खल्ती रित्तिएको पत्तै भएन। बैशाख १० गते बाटै घरबेटीको फोन आउन थालेको थियो। फर्केपछी दिन्छु भन्दै टार्दै आएकै थिए , भन्दा भन्दै २ महिना कट्यो , ज्यादै किचकिच गरेपछी सदरमुकामको बैक गएर १ महिनाको चाहिँ भाडा हाल्दिए, छुटको कुरा गर्दा सकिदैन भन्यो । बिस्तरै गाउका रमरस पनि हरायो, सबैका गोजिमा समस्या देखिन थाल्यो, बर्खा पनि लाग्यो, सबैजना आ-आफ्नो काममा लागे, बर्षौ खेती नभएका बाझो बारी-पखेरा खेतमा खेती लगाइए , हामि पनि त्यसमै ब्यस्त भयौ। अझै पनि लकडाउन खुल्ने संभावनानै देखिन्न, घरबेटीको फोन आउन छाडेको छैन, यता आफ्नो रिचार्ज गर्न नसकेर Ntc को दिदिले तपाइको मोबाइलमा पर्याप्त रकम छैन भनेर कराउन थालेको कति दिन भैसक्यो।

असली सङ्कट अब देखिन थाल्यो, रिनले थलिएका किसान बाबा सङ्ग खर्च माग्न मन मानेन , आमाले गोजि रित्तिएको खोइ कसरी पत्तो पाउनु भएछ खुसुक्क दराजबाट बटारेर राखेको ५०० को नोट झिकेर दिनु भयो , मन कटक्क खायो , र पनि समाए । त्यस दिन बाट अनलाइन लुडो खेल्न नि बन्द , फेसबुक चलाउन पनि कम। बिस्तारै लुजडाउन हुँदै गएको खबर आयो, अफिसमा काम गर्ने साथिहरु आफ्नो-आफ्नो काम मा फर्किने क्रम सुरु भयो। बोलायो भने टाउकाले टेकेर भए पनि जाने हो भन्दै मैले पनि साहुलाइ फोन लगाए , “अहिले कामै केही छैन मलाइ अहिले स्टाफ चाहिदैन भाइ” भन्यो। ब्यक्तिको काम, कामै नगरेको दिनको तलब माग्न आफैलाइ अफ्ट्यारो लाग्यो, मागिन। साउन लाग्यो, मन आत्तिन थाल्यो , नेटवर्क समस्या र ब्यालेन्स धेरै काट्ने कुराले कलेजको अनलाइन क्लास पनि लिन सकिराको थिइन, कलेजले फि को डर छुट्टै छ, भाडा तिर्न बाकी भाको ५ पुगेर ६ महिना लाग्न लागिसक्यो, घरबेटीको कचकच खपिसक्नु छैन, खल्ती रित्तियो, जागिर गयो , कोरोना झन घट्ला भन्दा झन रफ्तारमा बढ्न थाल्यो।

पेट पोल्न थाल्यो, अनिन्द्रा ले पिरोल्न लाग्यो, मनमा अनेक कुरा खेल्न थाल्यो, “यस्तै हालत १ बर्ष सम्म रह्यो भने के हुन्छ!! बस्दै नबसेको कोठको १ बर्षको भाडा ६०,०००/- कसरी तिर्ने !! जबकी कोठामा सामान पनि तेतिको छैन होला। अब पढाइ के हुन्छ!! कलेज फि कसरी तिर्ने!! जागिरको टुङ्गो नै भएन । अब त अलि सुधार आउँछ कि भनेको किन हुन्थ्यो र ! नेपालमा कोरोनाले असली तान्डब त अब को मच्चाउने देख्दैछु, फेरि कडाइ सुरु भएको सुन्दैछु। गाउमा म , अड्किएको पडाइ, काठमाडौमा ५ महिना देखिको बन्द कोठा, घरबेटीको ताकेता, खुस्किएको जागिर, उदासिन सरकार, किसान बाउ, यहि बेलामा घरमा साहु , मनमा घाउ, म काहा जाऔ!!!!

‘समय सापेक्ष यो लेख इन्टरनेटबाट सभार गरिएको हो’

samajikkhabar.com