samajikkhabar.com

जनकपुरधाम : धनुषामा एक महिलाले एकै पटकमा चार बच्चाको जन्म दिएकी छन् । शिशु जन्मिएपछि ती महिलाको भने मृत्यु भएको छ ।

जिल्लाको विदेह नगरपालिका–७ जोगियारा टोलकी अमिरुल खातुनले जनकपुरधामस्थित काब्या अस्पतालमा मंगलबार राति १० बजेतिर शल्यक्रियामार्फत चार बच्चालाई जन्म दिएकी हुन् ।

बुधबार बिहानदेखि स्वासप्रश्वासमा समस्या देखिएको खातुनलाई आईसीयूमा राखेर उपचार गर्ने क्रममा बुधबार दिउँसो मृतयु भएको अस्पतालले जनाएको छ ।

अस्पतालका सञ्चालक सञ्जय सिंहका अनुसार खातुनको एक छोरा र तीन छोरीको अवस्था पनि अस्थिर देखिएको छ । छोराको तौल एक किलो ५ सय ग्राम र छोरीहरुको तौल एक किलो २ सय ५० ग्राम रहेको छ । अहिले चारै जना बच्चालाई एनआईसीयूमा राखिएको सिंहले जानकारी दिए ।

महिलाको मृत्यु हुनुअघि बुधबार विहान कोरोना परीक्षणका लागि स्वाब संकलन गरी जनकपुरकै प्रादेशिक प्रयोगशाला पठाइएको सिंहले बताए ।

यो पनि पढ्नुहोस:

पाठ्यभार घटाएर भए पनि शैक्षिकसत्र पूरा गरिन्छ : शिक्षामन्त्री

जिल्लामा सक्रिय संक्रमित २०० नाघे बन्दाबन्दी, ५०० नाघे निषेधाज्ञा जारी राख्न सिफारिस

नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २५० नाघ्यो

उपत्यकामा ३८८ जना कोरोना संक्रमित थपिए

११२० जनामा काेराेना सङ्क्रमण, १२ जनाकाे ज्यान गएकाे पुष्टि

काठमाण्डाै उपत्यकामा निषेधाज्ञा भदौ २४ गते राती १२ बजे सम्मलाई लम्बियो

samajikkhabar.com