samajikkhabar.com

ताप्लेजुङ : ताप्लेजुङमा मंगलबार साँझ चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

फुङलिङ नगरपालिका १० फुरूम्बुकी दुर्गा भट्टराईको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। चट्याङले गम्भीर भएकी भट्टराईलाई उपचारका लागि जिल्ला अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो।

ताप्लेजुङकै सिरिजंघा गाउँपालिकामा मंगलबारै चट्याङ लागेर पाँचजना घाइते भएका छन्।

सिरिजंघा ४ तेल्लोकमा दुईजना र वडा नम्बर ५ पेदाङमा तीनजना घाइते भएका जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। तेल्लोकका ३५ वर्षीय कुमार थेबे, १७ वर्षीय उमेश थेबे, पेदाङका ५० वर्षीय अर्थमान मावो, उनकी पत्नी ४९ वर्षीया नरमाया मावो र ६ वर्षीय छोरा अतिप मावो चट्याङ लागेर घाइते भएका हुन्।

घाइते सबैको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।

यो पनि पढ्नुहोस:

सोह्र श्राद्ध आजदेखि सुरु

युरोपमा अब राष्ट्रियस्तरमा लकडाउन आवश्यक छैन : डब्लूएचओ

वीर अस्पतालका चिकित्सकसहित ७१ जना कर्मचारीमा कोरोना, ओपीडी सेवा बन्द

आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य

सन्दीप लामिछाने सम्मिलित जमैका तलावाजको चौथो हार

आजको राशिफल : २०७७ भदौ १७ गते बुधवार

samajikkhabar.com