samajikkhabar.com

डोटी : डोटी जिल्लाको केआइसिंह गाउँपालिका–१ तिखातर केन्द्रविन्दु भएर भूकम्प गएको छ।

भूकम्प मापन केन्द्र सुर्खेतले दिएको जानकारी अनुसार आज दिउँसो १ बजेर ६ मिनेटमा तिखातर केन्द्र विन्दु बनाएर ३.८ रेक्टर स्केलको भूकम्प गएको हो।

भूकम्पले डोटीसहित सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा धक्का महशुस गराएको बताइएको छ। सुदूरपश्चिम प्रदेशमा डोटी केन्द्रविन्दु भएर पहिलो पटक भूकम्प गएको हो।

भूकम्पका कारण अहिलेसम्म कुनै पनि ठाउँमा क्षति भएको खबर प्राप्त नभएको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ। –रासस

यो पनि पढ्नुहोस:

उपत्यकामा ४८१ सहित थप एक हजार ६९ जनामा कोरोना पुष्टि, ११ जनाको मृत्यु

अब सोचेकै भरमा कम्प्युटर चलाउन सकिने

निषेधाज्ञाबारे निर्णय लिने अधिकार गृहमन्त्रालयलाई सुम्पने उपत्यकाका प्रजिअहरुको तयारी

कोभिड अस्पताल प्रमुख पोखरेलले दिइन् राजीनामा

चितवनमा अस्पताल चहार्दा चहार्दै कोरोना सङ्क्रमणबाट तीन जनाको ज्यान गयो

लकडाउनमा सरकारी कर्मचारी : कसैलाई भ्याइनभ्याइ, कसैलाई सुतीसुती तलब

samajikkhabar.com