samajikkhabar.com

काठमाण्डौ : चितवनको भरतपुर अस्पतालमा सोमबार राति ज्यान गएका तीन जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

मृतक तीन जनाकै स्वाब परीक्षण गर्दा कोरोना देखिएको अस्पतालमा सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिनुभयो ।

 ज्यान गएकामध्ये ५५ र १८ वर्षका महिला छन् भने ६५ वर्षका पुरुष रहेका छन् । उनीहरु सबै चितवनका हुन् । मृतक सबै अस्पताल चहार्दा चहार्दै भरतपुर अस्पताल पुगेका थिए । 

चितवनका मेडिकल कलेज र अस्पतालले सघन उपचार कक्ष अभाव भएको र पीसीआर परीक्षण गर्नुपर्ने भन्दै अन्तिम अवस्थामा सरकारी अस्पताल पठाएका थिए । 

उनीहरुको अस्पताल पुगेको केही समयमै ज्यान गएको हो । भरतपुर अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा.जगन्नाथ तिवारीकाअनुसार मृत्यु भएका तीनै जनामा कडा निमोनिया देखिएको थियो ।

यो पनि पढ्नुहोस:

लकडाउनमा सरकारी कर्मचारी : कसैलाई भ्याइनभ्याइ, कसैलाई सुतीसुती तलब

प्रचण्डले ‘गो अ हेड’ भनेपछि बामदेव गौतम यसरी भए राष्ट्रियसभामा जान तयार

महाधिवेशन सार्दै कांग्रेस, १० जिल्लामा समायोजन नै बाँकी

कक्षा १२ को परीक्षा दशैँ अगावै

रेडक्रस पदाधिकारीका कर्तुतै कर्तुत

बंगलादेशसँग ५० हजार टन मल पैंचो लिइने

samajikkhabar.com