samajikkhabar.com

काठमाण्डौ : वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ भोला रिजाल दम्पतीलाई कोरोना संक्रमण भएको छ।

शनिबार स्वाब दिइएकोमा दुवैलाई कोरोना संक्रमण देखिएको हो।

संक्रमण देखिएपछि पत्नी सरलासहित आफू सोमबार ह्याम्स अस्पतालको आइसोलेसन कक्षमा भर्ना भएको रिजालले सेतोपाटीलाई बताए।

दुवैको स्वास्थ्य सामान्य छ। ‘हामी फ्रन्टलाइनमा खटिने चिकित्सकलाई यस्तो संक्रमण हुनु नौलो हैन, कोरोनालाई जितेर फर्किने छौं,’ रिजालले भने, ‘हामीलाई भएपछि परिवारका सदस्यलाई पनि देखिने नै भयो।’  

दुवैको स्वाब ह्याम्स अस्पतालमै परीक्षण गरिएको थियो।

यो पनि पढ्नुहोस:

भारतका पूर्वराष्ट्रपति मुखर्जीको कोरोनाको कारण निधन

मलाई राष्ट्रियसभामा लैजाने निर्णय कार्यान्वयन होस् : वामदेव गौतम

काठमाडौं महानगरपालिकाका मेयर शाक्यलाई कोरोना संक्रमण

नेप्से २२ अङ्कभन्दा धेरैले बढ्यो, झण्डै साढे ३ अर्बको कारोबार

२४ घण्टामा ८९९ जनामा काेराेना सङ्क्रमण, ५८८ जना डिस्चार्ज

फेसबुकमा काम गर्ने कर्मचारी कसले कति पाउँछन् तलब ?

samajikkhabar.com