samajikkhabar.com

एजेन्सी : विज्ञहरुले कोरोना भाइरसको खोप विकास गर्न पहिलो हुने दौडमा ‘चोर बाटो’ र ‘फोहाेरी खेल’ भइरहेको आरोप लगाएका छन् । 

कोभिड–१९ खोप आधुनिक समयको सबैभन्दा मूल्यवान् र उत्सुकताका साथ खोजी गरिएको पुरस्कारमध्ये एक भएकोले यसको श्रेय लिन शक्ति राष्ट्रहरु लागिपरेका विज्ञले बताएका छन् । यो क्रममा शक्ति राष्ट्रहरु चोर बाटो प्रयोग गर्ने, राजनीतिक विषय बनाउने, सूचना चोरी तथा ह्याक गरेको जस्ता आरोप प्रत्यारोप गर्ने जस्ता काम भइरहेको अमेरिकामा रहेको ग्लोबल हेल्थ लका प्राध्यापक लरेन्स जस्टिनले बताउनुभयो । 

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का अनुसार अहिले खोप विकास गर्ने दौडमा ६ वटाभन्दा धेरै कम्पनी तेस्रो तहको परीक्षणको अन्त्यतिर छन् । त्यसमा चीनका तीन, बेलायतको एक, अमेरिकाको एक र जर्मनी–अमेरिकाको संयुक्त प्रयासमा एक रहेका छन् । 

रुसले आफुले विकास गर्न लागेको खोपको सर्वाधिकार दर्ता नै गरिसकेको छ । चीनले पनि खाेपकाे सर्वाधिकार प्रदान गरेकाे छ । अध्ययनको तथ्याङ्क प्रकाशन नगरिकनै र व्यापक परीक्षण विना रुसले खोप दर्ता गरेको भन्दै पश्चिमा देशमा आलोचना भइरहेको छ । 

विश्व स्वास्थ्य सङ्गठनका प्रमुखले अगस्ट १८ तारिखमा धनी राष्ट्रले गरिब राष्ट्रलाई खोप बाँड्ने कार्यक्रममा हातेमालो गर्न आग्रह गर्दै खोप राष्ट्रवाद रोक्नुपर्ने बताउनुभएको थियो । 

तर अहिले शक्ति राष्ट्रहरुले यसलाई राष्ट्रवादको विषय बनाएकोले यसरी बनाइएका खोपको सुरक्षित अवस्थाबारे शङ्का रहने विज्ञहरुले बताएका छन् ।

यो पनि पढ्नुहोस:

लामो दूरीका यातायात र शिक्षण संस्था भदौ मसान्त सम्म बन्द

सामाजिक खबर Top 10 News (Video)

जुनसुकै बैंकको एटीएमबाट पैसा झिक्दा थप शुल्क नलाग्ने

पीसीआर परीक्षणकाे शुल्क घट्याे, ४४०० रुपैयाँ ताेकियाे

काठमाडौं उपत्यकामा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित पुष्टि

उद्धार उडानबाट फर्केपछि ‘भनसुन’मा त्रिभुवन विमानस्थलबाटै घर

samajikkhabar.com