samajikkhabar.com
vehicle and consignment tracking system nepal
vehicle and consignment tracking system birodh

आज भएको ढुवानि व्यवसायी र सरकार बिच तिन बुँदे सहमति भएको छ । बुँदामा भनिएको छ ढुवानि साधनलाई पुर्ववत् रुपमै रुट परमिट दिन सहजिकरण गर्ने भेहिकल कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम ( भीसीटिएस ) पालना नगर्ने चालकलाई तत्काल कारवाहि नगर्ने र यातायतका क्षेत्रमा देखिएका समस्या समाधान गर्न सहजिकरण गर्ने कार्यदल गठन गर्ने सहमति भएको छ । आज भएको सहमति सँगै एकसाता लामो ढुवानि व्यावसायिको आन्दोलन पनि रोकिएको छ । सहमति अनुसार भौतिक पुर्वाधार तथा यातायत मन्त्रालयका सहसचिव राजेश्वर ज्ञवालीको संयोजकत्वमा ९ सदस्यीय कार्यदल पनि गठन गरिएको छ । कार्यदलको सदस्य सचिव यातायात व्यवस्था विभागका निर्देशक बन्धुप्रसाद बाँस्तोलालाई तोकिएको छ । कार्यदलमा अर्थ गृह उद्योग वाणिज्य तथा संसदिय मामीला मन्त्रालयका एक एक जना, नेपाल ट्रक यातायत व्यवसायी महासंघबाट एक एक जना र मजदुर प्रतिनिधि एकजना रहने छन् । कार्यदलले ३० दिन भित्र सुझाव सहितको प्रतिवेदन पेश गर्नु पर्ने छ । सहमति अनुरुप रुट परमिट बिना रोकिएका ढुवानि साधनलाई यातायात व्यवस्था विभागले रुट परमिट दिने छ । कार्यदलले प्रतिवेदन नबुझाएसम्म मुल्य अभिवृद्धी कर (भ्याट ) नलगाउने सहमति यस अघि नै भैसकेको छ ।

samajikkhabar.com