samajikkhabar.com

काठमाडौं : जुनसुकै बैंकको एटीएमबाट पैसा निकाले पनि थप शुल्क नलाग्ने भएको छ । यसअघि नेपाल राष्ट्र बैंकले कोरोनाको त्रास रहुन्जेलका लागि मात्रै यो व्यवस्था लागू गर्न बैंकहरुलाई निर्देशन दिएको थियो ।

अब सँधैका लागि शुल्क नलिन राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले निर्देशन दिएको हो । लकडाउनका बेला बैंकर्स संघले नै शुल्क नलिने बताएको थियो ।

लकडाउन खुलेपछि पुनः शुल्क लिन थालिएपनि राष्ट्र बैंकले कोरोना महामारीको बेलासम्म भन्दै निःशुल्क गर्न मौद्रिक नीतिमै व्यवस्था गरिएको थियो ।

ग्राहकको भिड कम गर्न र डिजिटल कारोबारलाई प्रोत्साहन गर्न भन्दै यस्तो निर्देशन गरिएको राष्ट्र बैंकले बताएको छ ।

यो पनि पढ्नुहोस:

पीसीआर परीक्षणकाे शुल्क घट्याे, ४४०० रुपैयाँ ताेकियाे

काठमाडौं उपत्यकामा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित पुष्टि

उद्धार उडानबाट फर्केपछि ‘भनसुन’मा त्रिभुवन विमानस्थलबाटै घर

कोरोना संक्रमण रोक्न लगाइएका प्रतिबन्ध र भ्याक्सिनविरूद्ध लण्डन र बर्लिनमा हजारौंको प्रदर्शन

स्वास्थ्यकर्मीलाई कोरोना देखिएपछी राप्ती प्रादेशिक अस्पताल बन्द

आर्मी मुख्यालय जंग्गी अड्डामा गोली हानेर सिपाहीले गरे आत्महत्या

samajikkhabar.com