samajikkhabar.com

काठमाण्डाै : सरकारले आइतबारदेखि लागू हुने गरी पीसीआर परीक्षणकाे शुल्क घटाएको छ ।

यसअघि एक जनाको स्वाबकाे नमुनाकाे पीसीआर परीक्षण गर्दा पाँच हजार पाँच सय लिने गरेकोमा अब बढीमा चार हजार चार सय रुपैयाँमात्र लिन पाउने व्यवस्था गरिएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीले जानकारी दिनुभयाे ।  

यसैबीच सरकारले तीन वटा मापदण्डका आधारमा मात्र कोरोना भाइरसको निःशुल्क परीक्षण गर्ने निर्णय गरेको छ । अब सङ्क्रमितको निकट सम्पर्कमा आएका, लक्षण देखिएका र अग्रभागमा काम गर्ने व्यक्तिहरूको मात्र निःशुल्क परीक्षण गर्ने निर्णय भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।

अरु व्यक्तिहरूले शुल्क तिरेर परीक्षण गराउन सक्ने मन्त्रालयले जनाएको छ । सरकारले कोरोना परीक्षणका लागि नौ वटा सरकारी र ११ वटा निजी अस्पताललाई अनुमति दिएको छ ।

यो पनि पढ्नुहोस:

काठमाडौं उपत्यकामा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित पुष्टि

उद्धार उडानबाट फर्केपछि ‘भनसुन’मा त्रिभुवन विमानस्थलबाटै घर

कोरोना संक्रमण रोक्न लगाइएका प्रतिबन्ध र भ्याक्सिनविरूद्ध लण्डन र बर्लिनमा हजारौंको प्रदर्शन

स्वास्थ्यकर्मीलाई कोरोना देखिएपछी राप्ती प्रादेशिक अस्पताल बन्द

आर्मी मुख्यालय जंग्गी अड्डामा गोली हानेर सिपाहीले गरे आत्महत्या

२४ घण्टामा १२२१ जनामा काेराेना सङ्क्रमण, १४ जनाकाे ज्यान गएकाे पुष्टि

samajikkhabar.com