samajikkhabar.com

काठमाडौँ : नेपाली सेनाको मुख्यालय जंग्गी अड्डाका गोली हानेर एक सिपाहीले आत्महत्या गरेका छन् । भद्रकालीस्थित आर्मीको पेट्रोल पम्पमा ड्युटीमा खटिएका एक सिपाहीले आत्महत्या गरेका हुन् । 

ड्युटीको समयमा ती सिपाहीले ड्युटीमा रहँदा बोकेको बन्दुकले आफ्नो कन्चटमा गोली हानेर आत्हत्या गरेको नेपाली सेनाका सहायकरथी तथा प्रवक्ता सन्तोष बल्लभ पौडेलले पुष्टि गरे । 

‘पेट्रोल पम्पमा ड्युटीमा रहेको समयमा ती सिपाहीले शनिबार बिहान ३ बजे गोली हालेर आत्महत्या गरेका हुन्,’ प्रवक्ता पौडेलले भने, ‘घटनाबारे थप नेपाल प्रहरी र सैनिक प्रहरीले अनुसन्धान गरिरहेको छ ।’

ती सिपाहीको घर तनहुँ जिल्लाको रानीपोखरी हो । 

यो पनि पढ्नुहोस:

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमानसहित ६ जनाको दौड, कसको सम्भावना कति ?

बाग्लुङमा भोज आयोजना गर्ने नै कोरोना सङ्क्रमित, ७० जनाको स्वाब सङ्कलन

उप-प्रधानमन्त्रीसहित सबै पदाधिकारीको काेराेना परीक्षण नतिजा नेगेटिभ

प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भेटवार्ता

उच्च ज्वरोका कारण ६ जनाको मृत्यु, अनुसन्धान गर्न स्वास्थ्यकर्मीको टोली परिचालन

स्याङ्जामा एम्बुलेन्स दुर्घटना : दुई जनाको मृत्यु, दुई गम्भीर

samajikkhabar.com