samajikkhabar.com

बाग्लुङ : बाग्लुङमा छोरी जन्मिएको खुसीयालीमा भोज आयोजना गर्ने व्यक्ति नै कोरोना सङ्क्रमित भएपछि भोजमा संलग्न ७० जनाको परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ । 

लमजुङबाट आएका न्वारन गर्ने छोरीका बुबालाई नै सङ्क्रमण पुष्टि भएपछि गलुवाका ७० जनाको स्वाब सङ्कलन गरिएको बाग्लुङ नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । 

सङ्क्रमितले भदौ १ गते छोरीको न्वारनमा गाउँलेलाई समेत बोलाएर भोज खुवाएका थिए । भोजमा पाहुना, आफन्तलगायतबाट ७० जना क्लोज कन्ट्याक्टका रुपमा सहभागी भएको पाइएको छ । 

स्वाब दिनेमध्ये केहीलाई ज्वरो आउने तथा श्वासप्रश्वासमा समस्या हुने र घाँटी दुख्नेजस्ता समस्या देखिन थालेको छ । नगरपालिकाभरि भोलिसम्म निषेधाज्ञा लागू गरिएको छ । 

शहरमा प्रहरीले निषेधाज्ञामा केही कडाइ गरे पनि गाउँघरमा भने निषेधाज्ञा उल्लङ्घन धेरै मात्रामा हुने गरेको छ  ।

यो पनि पढ्नुहोस:

उप-प्रधानमन्त्रीसहित सबै पदाधिकारीको काेराेना परीक्षण नतिजा नेगेटिभ

प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भेटवार्ता

उच्च ज्वरोका कारण ६ जनाको मृत्यु, अनुसन्धान गर्न स्वास्थ्यकर्मीको टोली परिचालन

स्याङ्जामा एम्बुलेन्स दुर्घटना : दुई जनाको मृत्यु, दुई गम्भीर

नेपालमा कोरोना : कोरोना संक्रमणबाट एकैदिन २० जनाको मृत्यु पुष्टि

भारतमा कोरोना संक्रमितको नयाँ रेकर्ड, एकैदिन सर्वाधिक ७८ हजार बढीमा कोरोना संक्रमणबाब नदिउँ, राज्यको धेरै पैसा खर्च हुन्छ

samajikkhabar.com