samajikkhabar.com

अपडेटः गुल्मी पहिरोमापरि मृत्यु हुनेको संख्या ११ पुगेको छ भने अन्य २ जना अझै हराइ रहेका छन् सत्यवति गाउँपालिकाको वडा नम्बर ४ लिम्घामा एकै परिवारका ८ जनाको मृत्यु भएको छ ।

गुल्मी जिल्लाको विभिन्न स्थानमा गएको पहिरोमा परि ६ जनाले ज्यान गुमाएका छन् भने २ जना घाइते भएका छन् । जिल्लाको सत्यवती गाउँपालिकाको वडा नम्बर ३ र ४ मा पहिरोले घर पुरिएपछि ति मानिसले ज्यान गुमाएका हुन् । मृत्यु हुनेमा सत्यवती गाउँपालिकाका ३२ वर्षीय तीलकुमारी त्रामु र ९ वर्षीय दर्शन त्रामु रहेका छन् भने सोहि गाउँपालिका वडा नम्बर ४ का ६५ वर्षीय छल्ली बि.क., २८ वर्षीय पम्फा बि.क., १२ वर्षीय अञ्जलि बि.क. र १० वर्षीय हेमन्त बि.क. रहेका छन् । गएराति देखि परेको अविरल वर्षाका कारण पहिरो गएको हो । रातको समयमा पहिरो गएर घर पुरिँदा ती मानिस मारिएका हुन् । पहिरो मा परि सत्यवती ४ कि १० बर्षीय करिश्मा त्रामु र १३ वर्षीय धनी त्रामु घाइते भएको प्रहरिले जनाएको छ । तर निरन्तर वर्षाका कारण हालसम्म पनि प्रहरि घटनास्थल सम्म भने पुग्न सकेको छैन ।

samajikkhabar.com