samajikkhabar.com

काठमाण्डौ : गत २४ घण्टामा उपत्यकामा १८६ सहित ८८४ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ ।  २४ घण्टामा कोभिड–१९ बाट उपत्यकामा छ जनासहित २० जनाको मृत्यु भएको छ । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट एकैदिन २० जनाको मृत्यु भएको पुष्टि भएकोहो । हालसम्म कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या २१५ पुगेको छ ।

गत २४ घण्टामा थपिएका प्रदेश नं १ अन्तर्गत इलाममा एक, झापामा २०, धनकुटामा १९, मोरङमा ३१, सङ्खुवासभामा तीन र सुनसरीमा २४, प्रदेश नं २ अन्तर्गत धनुषामा ४९, पर्सामा ७३, बारामा २१, महोत्तरीमा २६, रौतहटमा पाँच, सप्तरीमा दुई, सर्लाहीमा ८३ र सिराहामा २२ जना छन् । त्यस्तै वाग्मती प्रदेशअन्तर्गत काठमाडाँैमा १५५, काभ्रेपलाञ्चोकमा १९, चितवनमा ५७, दोलखामा एक, धादिङमा नौ, भक्तपुरमा १२, ललितपुरमा १९, मकवानपुरमा नौ र सिन्धुपाल्चोकमा एक जनामा कोरोना सङ्क्रमण भएको छ ।

त्यसैगरी गण्डकी प्रदेशअन्तर्गत कास्कीमा तीन, नवलपरासीपूर्वमा २३ र लमजुङमा २९, प्रदेश नं ५ अन्तर्गत कपिलवस्तुमा दुई, गुल्मीमा एक, दाङमा १९, नवलपरासी पश्चिममा १०, बाँकेमा २० र रुपन्देहीमा १६ छन् । कर्णाली प्रदेशअन्तर्गत जाजरकोटमा एक, जुम्लामा एक, दैलेखमा एक, रुकुमपश्चिममा एक र सुर्खेतमा १० जना छन् । त्यसैगरी सुदुरपश्चिम प्रदेशमा कञ्चनपुरमा १७, कैलालीमा १९, दार्चुलामा तीन, बझाङमा २६ र बैतडीमा २१ जना गरी २४ घण्टामा ८८४ जनामा कोरोना देखिएको हो । तीमध्ये महिला २४२ र पुरुष ६४२ छन् ।

हालसम्म विश्वमा दुई करोड ४९ लाख २० हजार २४ कोभिड–१९ बाट सङ्क्रमित छन् । आठ लाख ४१ हजार ४८६ व्यक्तिको मृत्यु भएसकेको छ । एक करोड ७३ लाख तीन हजार ८१८ व्यक्ति यस रोगबाट निको भएका छन् । पछिल्लो २४ घण्टामा १० हजार ९७१ जनाको पिसीआर परीक्षण गरिएको प्रवक्ता डा गौतमले जानकारी दिए । हालसम्म जम्मा छ लाख ६९ हजार ६२६ पिसीआर परीक्षण भएका छन् । क्वारेन्टिनमा रहेका व्यक्तिको सङ्ख्या आठ हजार ३५ जना छ । गत २४ घण्टामा कोरोनामुक्त भई घर फर्किनेको सङ्ख्या २० हजार ५५५ छ । सङ्क्रमितको शून्य सङ्ख्या भएका जिल्ला मुस्ताङ र हुम्ला गरी दुई जिल्ला छन् ।

पर्सा र महोत्तरीका ३/३ जना, काठमाडौं, भक्तपुर र ललितपुरका २/२ जना, सिराहा, पाल्पा, कास्की, गोरखा, बारा, मोरङ, रौतहट र नवलपुरका एकएक जनाको पनि मृत्यु भएको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयले भने अपरान्हको नियमित प्रेस ब्रिफिङका क्रममा १२ जनाको मृत्यु भएको भनेको छ । यसमा महोत्तरीका ३, पर्सा, बारा, मोरङ, रौतहट र नवलपुरका एकएक जनाको तथ्यांक जोड्न बाँकी छ ।

चितवनमा आज साँझ थप एक व्यक्तिको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत नवलपरासी(बर्दघाट सुस्तापूर्व), विनयी त्रिवेणी–६ का ६२ वर्षीय पुरुषको आज साँझ ५ः५० बजे निधन भएको अस्पतालका निर्देशक डा दयाराम लम्सालले जानकारी दिए ।
निमोनिया भएर यही भदौं ४ गते अस्पताल भर्ना भएका ती पुरुषलाई सघन उपचार कक्षमा भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो । पोखरामा गरिएको कोरोना परीक्षणमा ती पुरुषको आज अपराह्न कोरोना रिपोर्ट ‘पोजिटिभ’ आएको थियो । यसअघि आजै बिहान चितवन मेडिकल कलेजमै बाराका एक महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको थियो ।

त्यस्तै चितवन मेडिकल कलेजमा उपचाररत एक महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका–५ की ४७ वर्षीया महिलाको उपचारका क्रममा आज मृत्यु भएको हो । मिर्गाैलाको समस्याका कारण यही साउन २६ गते अस्पताल भर्ना भएकी उनीमा यही भदौ ८ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
अस्पतालका निर्देशक डा दयाराम लम्सालका अनुसार अस्पतालको सघन उपचार कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको हो । यो सँगै जिल्लामा कोरोना सङ्क्रमण मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ । तीमध्ये चितवन चार, कैलाली एक, मकवानपुर चार र गोरखाका एक जनाको रहेका छन् । चितवनकी एक वृद्धाको कोरोना सङ्क्रमणका कारण घरमा नै मृत्यु भएको थियो ।

महोत्तरीमा थप दुईको कोरोनाबाट मृत्यु

कोभिड–१९ को सङ्क्रमणबाट आज महोत्तरीमा थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भङ्गाहा नगरपालिका–१ का ३० वर्षीय युवक र पिपरा गाउँपालिका–७ का ७० वर्षीय वृद्ध रहेको कोरोना फोकल पर्सन गिरेन्द्रकुमार झाले बताउनुभयो ।

विगत आठ दिनदेखि नियमित ज्वरो र रुघाखोकीले ग्रसित युवकलाई शुक्रबार स्वासप्रस्वासमा समस्या भएपछि प्रादेशिक अस्पताल जनकपुर भर्ना गरिएको र शुक्रबार नै उनको स्वाब सङ्कलन गरिएकामा आज उपचारका क्रममा मृत्यु भएको र मृत्युपश्चात उनी कोरोना सङ्क्रमित रहेको पुष्टि भएको छ ।

त्यस्तै जिल्लाको बर्दिवासमा पाँच÷छ दिनदेखि ज्वरो र रुघाखोकीकै समस्या भएर उपचाररत वृद्धलाई पनि स्वासप्रस्वासमा समस्या भएपछि आज नै प्रादेशिक अस्पताल जनकपुर भर्ना गरिएकामा उनको पनि कोरोनाबाट मृत्यु भएको कोभिड–१९ विशेष अस्पताल जनकपुरका डा जामुनप्रसाद सिंहले बताउनुभयो । आज दुई जनाको मृत्युसँगै महोत्तरीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ ।

पर्सामा तीन कोरोना सङ्क्रमितको मृत्यु

विगत २४ घण्टाभित्र पर्सामा तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उपचार गराउन विभिन्न अस्पताल पुगेका एक महिला र दुई पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । मृतक तीनै जना वीरगञ्ज महानगरपालिका निवासी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । मृत्यु हुनेमा वडा नं १२ मुर्ली निवासी ४८ वर्षीय पुरुष र ६५ वर्षीया महिला रहेका छन् भने वडा नं २२ मनियारी निवासी ३७ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले बताएको छ ।

मुर्ली निवासी पुरुषको शुक्रबार राति ११ः५५ मा नारायणी अस्पतालको अस्थायी कोभिड उपचार केन्द्र वीरगञ्ज हेल्थ केयरमा र महिलाको सोही दिन साँझ ६ः०० बजे नारायणी अस्पतालको आकस्मिककक्षमा उपचारका क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी आशमान तामाङले जानकारी दिए । उहाँले मनियारी निवासी युवालाई उपचारका लागि एम्बुलेन्सबाट काठमाडौँ लैजाने क्रममा बाटोमै मृत्यु भएको बताउनुभयो ।

मृत्यु भएका तीनै जनाको यही भदौ १२ गते गरिएको पिसीआर परीक्षण पोजेटिभ आएको जिल्ला प्रशासन कर्यालयले जनाएको छ । मृतकमा उच्च ज्वरो, खोकी, छाती दुख्ने, श्वासप्रश्वासमा समस्या देखिएको थियो । मृतकमध्ये मुर्ली निवासी ४८ वर्यीय पुरुष एचआइभी पोजेटिभ रहेको प्रशासनले जनाएको छ । यससँगै पर्सामा कोरोना सङ्क्रमणकै कारण मृत्यु हुनेको सङ्ख्या ३६ पुगेको छ ।

कोरोना सङ्क्रमित ५८ वर्षीय पुरूषको मृत्युु

पोखरामा आज थप एक कोरोना सङ्क्रमितकोे मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड उपचार केन्द्रमा सघन उपचार कक्षमा उपचार गराइरहेका पोखरा महानगरपालिका–१४ का ५८ वर्षीय पुरूषको बिहान ११ बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक डा अर्जुन आचार्यले जानकारी दिए ।

गत भदौ ७ गते अस्पतालको शल्यक्रिया विभागमा उहाँको पेटको आकस्मिक शल्यक्रिया गरिएकोे थियो । भोलिपल्ट नमूना सङ्कलन गरिएकामा भदौ १० गते कोरोनाको नतिजा पोजिटिभ आएको थियो । कोरोना पुष्टि भएपछि उहाँलाई कोभिड उपचार केन्द्रमा सारिएको थियो । पश्चिमाञ्चल अस्पतालमा अहिलेसम्म सात सङ्क्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ । हालसम्म गण्डकी प्रदेशमा १२ कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

त्यसैगरी आज गण्डकीमा थप २८ जनामा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । नयाँ सङ्क्रमितहरु नवलपरासी (वर्दघाट सुस्ता पूर्व) का २१, लमजुङमा छ तथा कास्कीमा एक जना छन् । हालसम्म प्रदेशमा सङ्क्रमितको सङ्ख्या दुई हजार ९४ पुगेको छ ।

भक्तपुरकी ६२ वर्षीया कोरोना संक्रमित महिलाको पाटन अस्पतालमा शनिबार मृत्यु भएको छ । उनी ८ भदौमा अस्पताल भर्ना भएकी थिइन् । शुक्रबार भक्तपुर अस्पतालमा मृत्यु भएका भक्तपुर-३ भक्तपुरका ८२ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । श्वास प्रश्वासमा समस्या भएपछि अस्पताल पुगेका मधुमेहका विरामी उनलाई निमोनिया समेत भएको थियो । बिहीबार मृत्यु भएका ललितपुर-३२ धापाखेल, ललितपुरका ७२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । मिर्गौला रोगबाट पीडित उनी ११ गते पाटन अस्पताल भर्ना भएका थिए र मृत्यु भएको भोलिपल्ट संक्रमण पुष्टि भएको हो । –etajakhabar.com बाट साभार

यो पनि पढ्नुहोस:

भारतमा कोरोना संक्रमितको नयाँ रेकर्ड, एकैदिन सर्वाधिक ७८ हजार बढीमा कोरोना संक्रमणबाब नदिउँ, राज्यको धेरै पैसा खर्च हुन्छ

सीपीएलमा जमैकाको तेस्रो जित, सन्दीपले लिए २ विकेट

आजको राशिफल : २०७७ भदौ १४ गते आइतबार

अर्थमन्त्रीमा युवराज खतिवडालाई नै निरन्तरता दिने पक्षमा ओली, बामदेव राष्ट्रिय सभामा नजाने

कांग्रेस-नेकपा-जसपा कार्यकर्ताबीच कुटाकुट

चीनले नेपालका सरकारी अस्पतालका पीसीआर रिपाेर्ट नमान्ने

samajikkhabar.com