samajikkhabar.com

विराटनगर : नेपाल आयल निगमको इन्धन ढुवानी गर्ने ट्याङकर विराटनगरमा विष्फोेट भएको छ ।

बुधबार बेलुका निगमको इन्धन ढुवानी गर्ने ना ४ ख ७१६६ नम्बरको ट्याङकर विष्फोट भएको हो । बिष्फोटका कारण नजिकै रहेका घरमा सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

ट्याङकर नेपाल आयल निगम प्रदेश १ कार्यालयबाट नजिकै रहेको राम अवतार मोटर्स ग्यारेजमा राखिएको थियो ।

ट्याङकरमा इन्धन नभएकाले थप क्षति हुन नपाएको प्रहरीले बताएको छ ।

नेपाल आयल निगम विराटनगरका सूचना अधिकारी दिवस विष्टले विष्फोटको विषयमा कार्यालयलाई आधिकारिक जानकारी नआएको बताए ।

यो पनि पढ्नुहोस:

चेन्नईको टोलीमा १ खेलाडी सहित १२ जनामा कोरोना संक्रमण पुष्टि

शरदविक्रम राणाविरुद्ध अख्तियारमा उजुरी, ५१ करोड अनियमितताको आरोप

भाटभटेनी सुपरमार्केटमा खसीको मासु प्रतिकेजी ८५० रुपैयाँ मात्र

कोरोनाबाट थप १२ जनाको मृत्यु

ट्रम्पले कोरोनालाई फेरि भने चिनियाँ भाइरस, छिट्टै भ्याक्सिन बनाएर निमिट्यान्न पार्ने दाबी

प्रधानमन्त्री ओलीले दिए जापानी समकक्षी आबेलाई स्वास्थ्यलाभको शुभकामना

samajikkhabar.com