samajikkhabar.com

काठमाडौं : बितेको २४ घण्टामा कोरोनाबाट थप १२ जनाको मृत्यु भएको छ ।

यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १९५ पुगेको छ ।  

यस्तै देशभर थप ९२७ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । संक्रमितमा ३३४ महिला र ५९३ जना पुरुष रहेका छन् ।  

मृतकमा ४ महिला र ८ पुरुष रहेको शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

उनका अनुसार मृतक महिलामा मोरङका २ तथा भक्तपुर र मकवानपुरका १–१ जना रहेका छन् । यस्तै पुरुषमा उदयपुर, पर्सा, धनुषा, सिरहा, झापा, चितवन, कास्की र  रुपन्देहीका १–१ जना रहेका छन् । 

 प्रवक्ता डा  गौतमले आज ९२७ संक्रमित थपिएसँगै देशभर कुल संक्रमितको संख्या ३६ हजार ४५६ पुगेको बताए । यस्तै शुक्रबार काठमाडौंमा ३५० ललितपुरमा ११ र भक्तपुरमा ५४ गरी ४१५ जनामा संक्रमण पुष्टि भएको छ । 

बितेको २४ घण्टामा १६९ जना निको भएका छन् भने यससँगै निको हुनेको संख्या २० हजार २४२ पुगेको छ । 

यो पनि पढ्नुहोस:

ट्रम्पले कोरोनालाई फेरि भने चिनियाँ भाइरस, छिट्टै भ्याक्सिन बनाएर निमिट्यान्न पार्ने दाबी

मलेसियाबाट आएको एउटै उडानबाट ल्याइए १६ शव

नेकपा सचिवालय बैठक भदौ १८ मा बस्ने

नेपालमै फल्छ विश्वकै सबैभन्दा महंगो तरकारी, कती पर्छ मुल्य?

थप ९२७ जनामा कोरोना संक्रमण, उपत्यकामा मात्रै ४१५ संक्रमित

रक्षामन्त्री पोरखेल र गृहमन्त्री थापा होम आइशोलेशनमा

samajikkhabar.com