samajikkhabar.com

काठमाण्डौ : कोरोनाको जोखिम बढ्दै गएकाले अत्यावश्यकबाहेक सेवा सञ्चालन नगर्न प्रहरीले आग्रह गरेको छ। 

खाद्यान्न तथा पकाइएको खाद्य वस्तु घर-घरमा पुर्याउने डेलिभरी सेवा बढेको भन्दै प्रहरीले अत्यावश्यकबाहेकका सेवा सञ्चालन नगर्न भनेको हो । 

जिल्ला प्रशासन कार्यालय काठमाण्डौले सार्वजनिक गरेको निषेधाज्ञाको आदेशअनुसार पानी, औषधि र स्वास्थ्य सामग्री बिक्री गर्ने पसल जुनसुकै बेला पनि खोल्न पाइनेछ ।

तर अत्यावश्यक वस्तु अन्तर्गतका खाद्य, दूध, दूग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछा, मासु आदिका बिक्री भने बिहान सवा ९ बजेसम्म मात्र गर्न पाइने छ । 

यस बाहेकका होटल, रेष्टुँरा सबैको सेवा बन्द भएकाले होम डेलिभरी र अर्डरका खानेकुरा पनि ओसारपसार गर्न नपाइने जिल्ला प्रशासन कार्यालयले स्पष्ट पारेको छ । 

बाहिरको खाजा खानाले सङ्क्रमणको जोखिम थप बढ्न सक्ने भएकाले प्रशासनले घरभित्रकै खाना खान पनि आग्रह गरेको छ ।

हिजो होम डेलिभरी गर्ने विभिन्न संस्थाका ८० जनालाई प्रहरीले पक्राउ गरी कागज गराएर बेलुका छोडेको छ । 

महानगरीय प्रहरी परिसर काठमाण्डौका एसएसपी श्याम ज्ञवालीले बिहान सवा ९ बजेपछि होम डेलिभरी गर्नेलाई पनि रोक्ने यसअघिकै आदेश भएकाले उनीहरुलाई रोकेको र अब पनि नियमको अटेर गरे रोक्ने बताउनुभयो ।

कोरोनाको सङ्क्रमण समुदायस्तरमा नै फैलिसकेकाले सामान्य कुरामा ध्यान दिए सङ्क्रमणबाट जोगिन सकिने भन्दै प्रहरीले जिल्ला प्रशासन कार्यालयले तोकेको मापदण्ड र नियमको पालना गर्न गराउन आग्रह गरेको छ । 

निषेधाज्ञाको उल्लंघन गर्दै अनलाइनमार्फत पनि खाजा खाना पुर्याए कारबाही हुने महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रमुख एसएसपी श्याम ज्ञवालीले बताउनुभयो ।

यो पनि पढ्नुहोस:

श्रीमतीलाई मट्टितेल खन्याई आगो लगाएर हत्या गर्न खोज्ने युबक कारागार चलान

रोनाल्डोलाई ‘गोल अफ दि सिजन’ अवार्ड

आजको राशिफल : २०७७ भदौ १२ गते शुक्रबार

उच्च रक्तचाप : लक्षण र रोकथामको उपाय

कोरोना संक्रमणबाट गर्भवतीसहित ९ जनाको मृत्यु

कारागारमा कैदीको शंकास्पद मृत्यु

samajikkhabar.com