samajikkhabar.com

काठमाडौं : झापास्थित झापा गाउँपालिकामा स्थानीय वासिन्दा र सुरक्षाकर्मीबीच झडप हुँदा तीन जना घाईते भएका छन्। भडपमा सशस्त्र प्रहरीले १० राउण्ड हवाई फायर गरेको झापा प्रहरीले जनाएको छ।

घाइते हुनेमा एक स्थानीय वासिन्दा र दुई जना सुरक्षाकर्मी रहेका छन्। स्थानीय वासिन्दाको अवस्था चिन्ताजनक भएकाले विएमसी अस्पतालमा उपचार भैरहेको छ। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

झापा गाउँपालिका ३ कामाटोलीमा गोरु जस्तो देखिने चौपायाको मासु काट्ने २ जना व्यक्तिलाई नेपाल प्रहरीले नियन्त्रणमा लिई विर्तामोड ल्याउने क्रममा साँझ साढे ६ बजे कामाटोलीमा २५० जनाले आक्रमण गरी प्रहरी निरीक्षक र सशस्त्र प्रहरीका १ जनालाई घाईते बनाएको प्रहरीले जनाएको छ।

सशस्त्रको गाडी समेत तोडफोड गरेपछि सशस्त्रले एसएलआरबाट १० राउण्ड हवाई फायर गरेको जनाइएको छ।

यो पनि पढ्नुहोस:

नेप्से २१ अङ्कले बढ्यो

कुकुरले टोकेका तीनको मृत्यु : गलत भ्याक्सिन दिएको आरोपमा स्वास्थ्यकर्मी पक्राउ

सरकारले गर्‍यो ६० सह-सचिवको सरुवा (सूचीसहित)

मंगल ग्रहको तस्बिरमा रहस्यमय प्वाल देखियो

samajikkhabar.com