samajikkhabar.com

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका – १ महेश खोलामा बसले माइक्रोबसलाई ठक्कर दिँदा १३ जना घाइते भएका छन् । काठमाण्डौँबाट चितवन जाँदै गरेको माइक्रोलाई भैरहवा जाँदै गरेको बसले ठक्कर दिएको हो । बसको ठक्करबाट माइक्रो करिव ३५ मिटर तल खसेको छ । घाइतेहरुलाई उपचारको लागि काठमाण्डौँ लगिएको छ भने घाईतेहरुको अबस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

source: Saugat Lamsal

samajikkhabar.com