samajikkhabar.com

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उक्त पदमा निरन्तरता पाउने नपाउने अन्योल देखिन थालेको छ। उनको पछिल्लो कार्यशैलीप्रति प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जामन्त्री वर्षमान पुन दुवै असन्तुष्ट भएकाले खबर पनि सार्वजनिक हुन थालेका छन।

बिगतमा दिनहु १८ घण्टा सम्म लोडसेडिङको मारमा जनतालाई गुम्स्याउनेहरु फेरी नियुक्तिका लागी मन्त्री निवास धाउन थालेका खबरहरु पनि बाहिरीरहेका छन। यिनै चाकरीबाजहरुले घिसिङले सामाजिक सञ्जालमार्फत् आफ्नो पुनः नियुक्तिका लागि दबाब बढाउने गरी रणनीतिका साथ अभियान चालेको भ्रमपूर्ण रिपोर्ट समेत बालुवाटारमा बुझाएर आफ्नो पोल्टामा नियुक्ती पार्ने दाउ रच्दै छन।

आफ्नो चारबर्षे कार्यकाल पुरा हुनै लाग्दा धिसिङ्ले नेपाली नागरिकलाई दैनिक १८ घण्टा सम्मको लोडसेडिङ्को मार बाट मुक्त मात्रै गराएनन अर्बौ घाटा बेहोरिरहेको नेपाल बिधुत प्राधिकरण लाई अर्बौ नाफाको बाटो समेत देखाइसकेका छन।

आफ्नो जिम्मेवारीमा दक्ष कार्यकुशलता देखाइसकेका उनै घिसिङको कार्यशैली नजिकबाट नियालिरहेका नेपालीजनलाइ उनको कार्यगत क्षमता मन नपर्ने कुरै भएन।

घिसिङ्को चारबर्षे कार्यकाल सकिएर  सरकारले प्राधिकरणका कार्यकारी निर्देशक नियुक्त गर्ने समय नजिकिदै गर्दा नागरिकले घिसिङ्लाई नै पुन: कार्यकारी निर्देशकमा नियुक्त गर्नुपर्ने जनदबाब सिर्जना गर्न थालेका छन, १८ घण्टा सम्मको लोडसेडिङ्को मार बाट मुक्त दिलाएका घिसिङ्बाट नागरिकलाइ अझै आशा र भरोसा हुनु नौलो कुरा नै भएन।

आफ्नो नैतिकता, क्षामता र योग्यता केही पनि देखाउन नसक्ने  साम्सद र मन्त्रिहरु बारम्बार सरकारी पदमा दोहोरिरहने, नेताहरुको आफन्त भनेपछी  राजनीतिक नियुक्तिहरु पाइरहने सँस्कार नियालिरहेका र भोगिरहेका नागरिकले एक दक्ष र कुशल प्रशासकलाई किन दोहोर्याउन नहुने भन्ने जस्ता अभियानहरु पनि चलाऊन थालेका छन। 

हुन त नेपाललाई सतिले सरापेको देश भनेर भन्ने गरिन्छ, यहाँ राम्रा मान्छेहरुको भलो हुँदैन भन्ने पनि चलन छ, तर यसो भन्दै गर्दा घिसिङ जस्ता कुशल प्रशासकलाई सरकारले पुन: नियुक्ती गर्ने आधार हुँदा हुँदै पनि पुन: जिम्मेवारी दिन आनाकानी गरिन्छ भने नागरिकको मन मस्तिस्कमा बसेका घिसिङ्का शुभचिन्तक र समर्थकले आफ्नै पार्टीका तीन ठुला नेताले चाहेर पनि ढाल्न नसकेका दुई तिहाइको नाम पाएको के.पि ओली नेतृत्वको सरकार ढालिदिए भने आश्चर्यचकित नहुदा हुन्छ।     

सुजन रमण
धादिङ, हाल काठमाण्डौ

 

samajikkhabar.com