samajikkhabar.com

प्युठान : प्युठानमा आफ्नै घरको शौचालय जाने क्रममा लडेर एक जनाको मृत्यु भएको छ । प्युठान नगरपालिका–२ साडेखोलाका ३५ वर्षका दोर्णकुमार विष्टको मृत्यु भएको हो ।

प्रदेश प्रहरी कार्यालय दाङका प्रवक्ता राजकुमार बैदवारले विष्टको शौचालय जाने क्रममा लडेर टाउकोमा चोट लाग्दा घटनास्थलमै मृत्यु भएको जानकारी दिए ।

विष्ट सशस्त्र प्रहरी बल नं. ६ गण सिन्धुपाल्चोकमा कार्यरत वरिष्ठ हवल्दार हुन् । घटनाको इलाका प्रहरी कार्यालय बिजुवारबाट थप अनुसन्धान भइरहेको प्रवक्ता बैदवारले बताए ।

samajikkhabar.com