samajikkhabar.com

महोत्तरी : बोक्सीको आरोपमा महोत्तरीको सम्सीका एक महिलामाथि कुटपिट भएको छ ।

गएराति सम्सी गाँउपालिका ७ जावद टोलकी ४५ वर्षिया पवनदेवी यादवलाई वोक्सीको आरोप लगाउँदै एक परिवारले कुटपिट गरेको हो ।

कुटपिट गर्ने मध्ये कृष्ण यादवलाई प्रहरीले पक्राउ गरे पनि राजनितीक दवावमा अनुसन्धान नै नगरी छोडि दिएको छ । समाचार संकलन गर्न पुगेका पत्रकारलाईसमेत प्रहरीको आगडि दिनेश यादवले दवाव सिर्जना गरेका थिए ।

यता प्रहरीले कुष्णलाई समातेको दावी गरेपनि पत्रकारको टोली पुग्दा कुष्ण यादव प्रहरी चौकीमा रहेका थिएनन् । उनलाई राति नै प्रहरीले छोडेको बुझिएको छ । थुनामा रहेका कृष्णलाई छुटाउनको लागि उनको बुवाले प्रहरीलाई राजनितिक दवाव दिएको बताइएको छ ।

‘एउटा सामान्य झगडामा महिलामाथि बोक्सीको आरोप लगाएर मरासन्न हुने गरी पिट्ने, एउटा नाबालिकालाई सुरुवाल खोल्न लगाउनु कहाँको दादागिरी हो’ भनेर एक स्थानीयले नाम नखोल्ने शर्तमा भने । कुटपिट गर्नेमा दिनेश यादव, छोराहरु कृष्ण यादव, आशिक यादव, आमा सुजिया देवी यादव हुन् । उनीहरुको कुटपिटबाट पवन देवी यादव गम्भिर घाईते भएकी छिन् ।

घाईते यादवको जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचार भईरहेको छ । पिडितको छोरा संजय यादवले भने,‘शुक्रवार बेलुका एक्कासी दिनेश यादवको परिवारहरुले मेरो आमामाथि बोक्सीको आरोप लगाउँदै गाली गलौज गरेको र म त्यो बेला घर भन्दा बाहिर थिएँ । लगतै म घरमा पुग्दा झगडा भई रहेको थियो । सो समयमा मैले प्रहरीलाई खवर गरेपछि सम्सी प्रहरी चौकीका सई दिपेन्द्र यादवको कमाण्डमा खटिएको प्रहरी टोली घटना स्थलमा पुगेर झगडालाई सामान्य बनाएर फर्के ।’

राती ११ः १२ बजे तिर फेरि आएर पवन देवीको घरमा पसि गाली ग्लौज गर्दै पवन देवी र उनकी छोरी रुवी यादव, र संजय यादवलाई कुटपिट गरेका थिए । कुटपिट गर्ने क्रममा पवन देवीको छोरीले लगाएको सुरुवाल पनि उनीहरुले फुकालि दिएको रुवी यादवले बताएकी छिन् ।

सुरुवाल खोल्ने वितिकै रुवीले चिच्याएपछि स्थानीयहरु आएर रुवीलाई बचाएको र त्यहाँ झगडा हेर्नेको भीड भएपनि झगडा छुटाउन कमै मान्छे अघि सरेको बताइएको छ । पीडित पक्षले न्यायको लागि पत्रकार, मानव अधिकारकर्मीसँग अनुरोध गरेका छन् ।

प्रहरीमा पिडितको तर्फबाट जाहेरी नआएकोले कानुनी प्रक्रिया अगाडि बढ्न नसकेको महोत्तरीका एसपी टिका केसीले बताए ।

samajikkhabar.com