samajikkhabar.com

हेटौंडा : एक जना मोटरसाइकल चालक १६ लाख रुपैयाँ बाटोमा फ्याँकेर फरार भएका छन् ।

शनिबार विहान करिब ८ बजे बाराको महागढीमाई नपा वडा-७, बेनौलीस्थित सडकमा प्रहरी चेकिङ टोली देखेपछि उनले पैसा फ्याँकेर भागेका हुन् ।

१ हजार दरका ७ सय ६२ थान र ५ सय दरका १ हजार ६ सय ७६ थान गरी नेपाली रुपैयाँ १६ लाख फ्याँकेर चालक फरार भएको प्रहरीले जनाएको छ ।

पश्चिम बेनौली चोकबाट आएको मोटरसाइकल रोकी चेक गर्ने क्रममा चालकले आफ्नो साथमा बोकेको रातो पहेंलो रंगको झोला फ्याँकेर फरार भएका थिए । फरार चालकको खोज तलास शुरु गरिएको प्रहरीले जनाएको छ ।

स्रोत नखुलेको रकमका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बारामा ल्याएर थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।

samajikkhabar.com