samajikkhabar.com

काठमाण्डौ : साझा पार्टीका संयोजक रबिन्द्र मिश्रले रौतहटमा गोली हानी हत्या गरिएका मन्दिराका पूजारीको हत्याको छानमिन गरी हत्यारालाई कारबाहीको माग गरेका छन ।

मिश्रले आफ्नो फेसबुक मार्फत स्टाटस लेख्दै हत्या-हिंसा/छुवाछुत/धार्मिक आस्थामाथिको प्रहार आदिलाई निरूत्साहित नगरे सभ्य समाज निर्माण हुननसक्ने बताएका छन ।

उनले लेखेका छन, “झण्डा जलाउनेलाई प्रहरीले पक्डिनै पर्थ्यो, तुरून्त पक्डियो, राम्रो भयो। तर रौतहटमा एउटा मन्दिरका पुजारी श्रीराम साहको हत्या भएको ३ दिन भैसक्यो। घटनाको अनुषन्धान गरि दोषीमाथि कडा कारबाही होस्। हत्या-हिंसा/छुवाछुत/धार्मिक आस्थामाथिको प्रहार आदिलाई निरूत्साहित नगरे सभ्य समाज निर्माण हुन सक्दैन।”

samajikkhabar.com