samajikkhabar.com

काठमाण्डाै : गएको २४ घण्टामा काठमाण्डौ उपत्यकामा दुई सय जना कोरोना सङ्क्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाण्डाै उपत्यकामा थप दुई सय जनालाई कोरोना भाइरस रोग पुष्टि भएको जानकारी दिएको हो ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले उपत्यकामा काठमाण्डाैका १७४, ललितपुरका १८ र भक्तपुरका ८ जनालाई कोरोना पुष्टि भएको जानकारी दिनुभयो ।

उपत्यकामा समुदायस्तरमै कोरोना सङ्क्रमित भेटिने क्रम बढेपछि विज्ञहरुले थप सचेतता अपनाउनुपर्नेमा जोड दिइरहेका छन् । 

बाक्लो बस्ती, आर्थिक क्रियाकलाप तथा जोखिम वर्ग धेरै भएकोले यहाँ कोरोनाको महामारी चर्को हुने भएकाले अहिले नै नियन्त्रणका लागि थप पहल आवश्यक रहेको विज्ञहरुको भनाइ छ । 

samajikkhabar.com