samajikkhabar.com

काठमाडौं : महानगरीय अपराध महाशाखाको टोलीले आधुनिक हतियारसहित दुईजनालाई पक्राउ गरेको छ ।

माछापोखरीबाट नुवाकोट शिखरबेसीका २७ वर्षीय विकेश पण्डित र नुवाकोट लिपु गाउँपालिका १ का २८ वर्षीय अमर तामाङलाई पक्राउ गरेको हो । विकेशको साथबाट मेड इन यूएसए लेखिएको दुईथान पेस्तोल, २ थान म्याग्जिन र १० राउन्ड गोली बरामद भएको हो । 

विकेशलाई पक्राउ गरेपछि उनले आफूलाई हतियार अमरले दिएको बताएका थिए । महाशाखाका एसएसपी दीपक थापाका अनुसार अमरले पनि सो हतियार हतियार तथा खरखजाना डाका मुद्दामा सँगै कारागारमा रहेका धनुषाका शम्भु कार्कीको भएको बताएका थिए । 

थापाले भने, “कार्कीले पनि सो हतियार लागुऔषध मुद्दामा कारागारमा रहेका धादिङका राजकुमार गुरुङलाई राख्‍न दिएको र राजकुमारले बालाजुको एक होटलमा राखेको पाइयो । पछि त्यही हतियार विनोदसम्म पुग्यो ।”

पक्राउ परेका तामाङ यसअघि डाका मुद्दामा ६ वर्ष २ महिना कैद भुक्तान गरी ०७६ फागुनमा थुनामुक्त भएको खुलेको छ । बरामद हतियार र त्यसमा संग्लनहरुको खोजी जारी रहेको एसएसपी थापाले बताए । 

samajikkhabar.com