samajikkhabar.com

काठमाडौं : मुमा बडामहारानी रत्नराज्य लक्ष्मी देवी शाहको आज (बिहीबार) जन्मदिन परेको छ । उनको आज ९३ औं जन्मदिन हो ।

जन्मदिनको अवसरमा पूर्वमुमा बडामहारानी रत्नलाई परिवारकार सदस्य, आफन्त र शुभचिन्तकहरुको बधाई तथा सुस्वास्थ्य र दीर्घायूको शुभकामना दिइरहेका छन् ।

विसं १९८५ भदौ ४ गते आजकै दिन जन्म भएको रत्न २०११ देखि २०२८ सम्म नेपालको बडामहारानी तथा २०२८ देखि २०६५ सम्म मुमा बडामहारानी हुन् ।

उनी राजा महेन्द्र वीर विक्रम शाहको दोश्रो पत्नी थिइन् । उनकी आफ्नै दिदी इन्द्रराज्य लक्ष्मी देवी शाहले विसं १९९६ मा राजा महेन्द्रकी जेठी श्रीमतीको रुपमा विवाह गरेकी थिइन् । तर, उनको १८ भदौ २००७ मा निधन भएपछि रत्नले दुई वर्षपछि महेन्द्रसँग विवाह गरेकी हुन् ।

पूर्व मुमा बडामहारानी रत्नको जन्मदिन भदौ ४ गते बाल दिवस मनाउने गरिन्थ्यो । तर, पछिल्लो केही वर्ष यता बाल दिवस भदौ २९ गते मनाउन थालिएको छ ।

samajikkhabar.com