samajikkhabar.com

काठमाण्डौ : एक युबकले टिकटक एकाउन्ट @narayanrajpanday मार्फत आफु र आफ्नो आमा आफुलाई कुकुरले टोकेको भएर घाऊ बल्झिन लाग्दा डाक्टर अजय पराजुलीलाइ भेट्न टेकु अस्पातल जादा आफ्नो आँखाले पाच वटा कोरोना सन्क्रमित मृत मानब शरीरलाई प्लस्टिकले बेरेर लादै गरेको देखेको दाबी गरेका छन।

उनले सोही भिडियोमा उक्त घटना बारे अस्पतालमा कार्यरत नर्सलाई सोध्दा आफुलाई थर्काएर चुप लागाएको तर आफुले पछी बिस्तारै गएर गार्डलाई सोध्दा गार्डले सत्र वटा कोरोना लागेर मरेको शरीर प्लस्टिकले बेरेर पशुपतिमा लगेर जलाईयो भनेर बताएका छन ।

उनले नेपाल सरकारले उक्त घटना लुकाउन खोजेको आरोप समेत लगाएका छन।

भिडियो हेर्नुहोस

यो भिडियो टिकटक एकाउन्ट @narayanrajpanday बाट साभार गरिएको हो भने सामाजिक खबरलाइ मेसेन्जर मार्फत उपलब्ध भएको थियो।

उनले आफुले फेसबुकमा भर्खरै पढेको सन्देश भनेर एक नबुझिने किसिमको लेख पनि भिडियोमा देखाएका छन भने अन्त्यमा उनले यो कुरालाई सिरियस्ली लिएर कोरोनाबाट आफु बचौ र आफ्नो छेउछाउको अरुलाई पनि बचाउ भन्ने सन्देश समेत दिएका छन।

सरकारी तथ्यान्क र सुचनालाई आधार मान्दा यो नितान्त गलत अफबाह हो, यस किसिमको घटनामा यथासिघ्र आबश्यक छानमिन हुनु आबश्यक छ । यस्तो गलत हल्ला फैलाउने जो सुकैलाई पनि कानुनी कारबाही हुनुपर्दछ।

यस्तो गलत हल्ला र अफबाहको पछाडी कोही पनि नलाग्नुहोला साथै आधिकारिक सुचनाको लागि नेपाल सरकार बाट जारी भएको सुचना र बिश्वाशिलो संचार माध्यमको समाचार मात्रै पच्छ्याउनु होला।

नेपालमा अहिले सम्मको तथ्यान्क अनुसार एक जना मात्रै कोरोना सन्क्रमित भेटिएको र निको भएर घर समेत फर्किसकेको साथै अन्य कसैमा पनि कोरोना सन्क्रमण नभेटिएको हुँदा नेपाल सरकारबाट निर्देशित कुराहरुको पालना गरौ, सन्क्रमण बाट आफु बचौ र अरुलाई पनि बचाउ, हल्ला र अफबाहको पछी नलागौ।

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद-२ ‘सार्वजनिक शान्ति विरुद्धका कसूर’ मा भएको प्रावधान अनुसार झुट्ठा अफबाह फैलाए एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनसक्छ । सो सजायका अतिरिक्त विद्युतीय माध्यम प्रयोग भएको हुँदा थप सजायसमेत हुनसक्छ ।

samajikkhabar.com