samajikkhabar.com

काठमाण्डाै : सरकारले कोरोना भाइरस (काेभिड–१९) रोकथामको लागि सबै संयन्त्र सक्रिय बनाउने भएको छ ।

कोरोनाको त्रास बढ्दै गएपछि जिल्लाका जिम्मेवार व्यक्तिले जिल्ला छाड्न नपाउनेसम्मको निर्देशन सरकारले दिएको छ । आइतबार बसेको एक्सन टिमको बैठकले प्रमुख जिल्ला अधिकारी (सीडीओ), सुरक्षा अधिकारी र स्वास्थ्यकर्मीले जिल्ला छाड्न नपाउने निर्णय गरेको छ ।

अत्यावश्यक काम परेर जिल्ला छाड्नुपर्ने भएमा गृह मन्त्रालयको अनुमति लिन सरकारले निर्देशन दिएको छ ।

जिल्लामा कोरोनाको पूर्वतयारी गर्नुपर्ने र कोरोना आइहालेमा उपचार र नियन्त्रणमा लाग्नुपर्ने भएकाले जिम्मेवार निकायका प्रमुख र स्वास्थ्यकर्मीलाई जिल्ला नछाड्न निर्देशन दिइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद बिडारीले जानकारी दिनुभयो । 

samajikkhabar.com