samajikkhabar.com

काठमाडौं : नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलको संयोजकत्वमा ‘हाम्रो नेपाल सुशासन अभियान’ सुरु हुने भएको छ ।

अभियानको बिहीबार त्रिपुरेश्वरमा एक कार्यक्रमबीच घोषणा हुनेछ । अभियानमार्फत भ्रष्टाचारको विरोध, राजनीतिक शुद्धीकरण, सुशासन, विधिको शासन लगायतका पक्षमा वकालत गर्ने संयोजक खरेलले बताए ।

उनका अनुसार अभियानमा देवेन्द्र सिटौला, डा. नारायण घिमिरे, राजकुमार यादव, रोशन श्रेष्ठ लगायत जोडिएका छन् । 

samajikkhabar.com