samajikkhabar.com

नेकपा (क्रान्तिकारी माओवादी)निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले भोली अर्थात फाल्गुन २३ गते गर्ने भएको एक दिन शैक्षिक हड्ताल फिर्ता लिएको छ ।

अध्यक्ष हरिकृष्ण गजुरेल र उपाध्यक्ष शिलु न्यौपानेलाई विद्यार्थी जागरण तथा संगठन विस्तार अभियानको सिलसिलामा २०७६ फागुन २० गते युरो किड्स, बूढानीलकण्ठबाट गिरफ्तार गरी महानगरीय प्रहरी वृत्त, महाराजगञ्जमा झुठो व्यहोराको मुद्दा लगाई गैरन्यायिक हिरासतमा राखिएको बिनासर्त अविलम्ब रिहाइको माग गर्दै उनीहरुले २०७६ फागुन २३ आम शैक्षिक हड्तालको घोषणा गरेका थिए ।

तर विश्वव्यापी संकटको रुपमा अगाडि आएको नोबेल कोरोना भाइरसले पैदा गरेको त्रासदीपूर्ण मनोविज्ञान, जसको आधारमा चैत ५ भित्र विद्यालयहरुले अनिवार्य रुपमा वार्षिक परीक्षा सम्पन्न गरिसक्नुपर्ने सरोकारवाला निकायको निर्णय, आम अभिभावकहरुको सुझावपूर्ण अनुरोध र विद्यार्थीहरुको बोर्ड परीक्षालाई समेत विशेष ध्यान दिँदै २०७६ फागुन २३ मा हाम्रो संगठनको तर्फबाट गर्ने भनिएको आम शैक्षिक हड्ताल हाललाई स्थगित गरिएको जनाएका छन् ।

नेकपा (क्रान्तिकारी माओवादी)निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका महासचिव पेश दाहालद्वारा हस्ताक्षर गरेको विज्ञप्तीमा भनिएको छ । आम शैक्षिक हड्ताल फिर्ता लिएपनि संघर्षका कार्यक्रमहरु जारी रहनेछन् ।

samajikkhabar.com