प्रधानमन्त्री केपी शर्मा ओली दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न सोमबार साँझ अस्पताल भर्ना भएका छन्।
बुधबार मिर्गौला प्रत्यारोपण गर्न लागेका प्रधानमन्त्रीले केहीबेर अघि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेका हुन्।
प्रधानमन्त्री ओलीलाई भान्जी नाता पर्ने एक जना महिलाले मिर्गौला दिनेछिन्।

यसअघि प्रधानमन्त्री ओलीले आफू मिर्गौला प्रत्यारोपणका लागि पाँच दिनमात्र अस्पताल बस्ने बताएका थिए। तर चिकित्सकहरूले प्रधानमन्त्री ओलीले कम्तीमा एक साता अस्पतालमा बस्नु पर्ने बताएका छन्।
१३ वर्षअघि ओलीले भारतको एपोलो अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरेका थिए।