samajikkhabar.com

काठमाडौं : हिउँदे वर्षाको समय सकिन लाग्दा केही दिन देशभर बदली रही केही भेगमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज (सोमबार) मध्य, पूर्व र पश्चिमका केही क्षेत्रमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ । मङ्गलबारदेखि केही भेगमा सामान्य बदली रही अन्य भेगमा मौसम सफा रहने महाशाखाले जनाएको छ । उच्च हिमाली भेगमा हिमपात हुने भएकाले सतर्कता अपनाउन समेत आग्रह गरिएको छ ।

आगामी तीन दिनको मौसम
फागुन १२ गते (सोमबार)
दिउँसो :
 देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पहाडी भूभागका केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति : देशको मध्य तथा पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी भूभागमा आंशिक बदली रहनेछ । मध्य तथा पूर्वी भूभागका थोरै स्थानहरुमा र पश्चिमका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ । देशको पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

फागुन १३ गते (मंगलबार)
दिउँसो :
 देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केहि स्थानहरुमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहन्छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

फागुन १४ गते (बुधबार)
दिउँसो :
 देशको पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

राति : देशको पूर्वी तथा मध्य पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । देशको पूर्वी तथा मध्य पहाडी पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

samajikkhabar.com