samajikkhabar.com

मुम्बई : बलिउड अभिनेता सलमान खानको हत्या गर्नको लागि सुपारी लिएका कुख्यात गुण्डा नाइके ‘भुरा’ भनिने रवि मल्लिक पक्राउ परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन ।

राजस्थानका कुख्यात गुण्डा नाइके भुराले अभिनेता खानको हत्याका लागि सन् २०१८ मा सुपारी लिएका थिए । लरेन्स विश्रोइ गिरोहका सम्पत नेहाले अभिनेता खानलाई उनकै घरको बरन्डामा मार्ने योजना सहित सुपारी दिएका थिए ।

अभिनेता खान आफ्ना प्रशंसकहरूसँग कुराकानी गर्न वडिगार्ड बिना नै आफ्नो बरन्डामा आउने गर्छन् । सोही समयमा उनको सजिलै हत्या गर्न सकिने योजना सम्पातको थियो ।

सम्पात अहिले तिहाड जेलमा छन । उक्त घटनामा संलग्न भुरा मुम्बई, पञ्जाव सहित कैयौं राज्यका प्रहरीको सर्वाधिक खोजि गरिरहेका अपराधी भएको समेत उल्लेख गरिएको छ ।

samajikkhabar.com