काठमाण्डौ : ठगी गरेको आरोपमा सोलुखुम्बुका एक व्यक्ति भक्तपुरबाट पक्राउ परेका छन् ।
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा थुलुङदूधकोशी गाउँपालिका–२ काँगेलगैरीका ४० वर्षीय बालकृष्ण कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।
कतार, माल्दिभ्सलगायतका देशमा पठाइदिन्छु भनी प्रलोभनमा पारेर आठ लाख रुपैयाँ लिएको महानगरीय परिसर भक्तपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिनुभयो ।
पैसा लिएर फरार भएका उनलाई पीडितको जाहेरीकोे आधारमा पक्राउ गरिएको र थप कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाण्डौ पठाइएको प्रहरी वरिष्ठ उपरीक्षक थापाले बताउनुभयो ।