samajikkhabar.com

काठमाण्डाै – फेसबुक ग्रुप मेन्ज रुम रिलोडेड ‘एमआरआर’ ले राष्ट्रिय आविष्कार केन्द्रलाई तीन लाख पाँच हजार रुपैयाँ बराबरकाे सामान सहयोग गरेको छ ।

समूहले देशभित्र र बाहिरबाट सङ्कलन गरिएको रकमबाट इलेक्ट्रिक पाइप, बेन्डर, पगकटर लगायतका मेसिनरी सामान केन्द्रका प्रमुख महावीर पुनलाई प्रदान गरेको हो ।सहयोग सामग्री बुझ्दै प्रमुख पुनले आर्थिक र मेसिनरी सहयोगसँगै युवाहरुले केन्द्रलाई बौद्धिक सहयोग पनि गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले एमआरआरले आविष्कार केन्द्रलाई थप मानिसहरुसम्म पुर्‍याउन र यसको उद्देश्य विस्तार गर्न सहयोग पुग्ने विश्वास पनि व्यक्त गर्नुभयो ।

सहयोगको कार्यक्रमलाई संयोजन गर्नुभएका गणेश कार्कीले नेपाली युवा समाजका नराम्रा कुराहरुको खबरदारीसँगै राम्रा कामलाई प्रोत्साहन गर्छन् भन्ने सन्देश दिन र आविष्कार केन्द्रको कामप्रति ऐक्यबद्धता जनाउँदै सहयोग गरेको बताउनु भयो ।  
 

samajikkhabar.com