samajikkhabar.com

एजेन्सी : भारतको महाराष्ट्रमा एक तर्फी मायामा परेका विवाहित पुरुषले एकजना शिक्षिकालाई जिउँदै जलाएका छन्।

पीडित महिलालाई घटनापछि नागपुर अस्पताल भर्ती गरिएको छ। जहाँ उनको अहिले उपचार चलिरहेको छ। जानकारी अनुसार पीडितको आँखाको ज्योति गएको छ।

उनको शरीर ३० प्रतिशत जलेको छ। यो घटना महाराष्ट्र राज्यस्थित वर्धाको हिमगंगाघाट क्षेत्रमा भएको हो।

समाचार अनुसार २४ वर्षीया पीडितलाई २७ वर्षका विवाहित विक्की नगराले बिहेको प्रस्ताव गरेका थिए।

उनको प्रस्ताव अस्वीकार गरेपछि जलाइएको हो।

त्यसपछि ती युवाले पेट्रोल हालेर महिलामाथि आगो लगाएका थिए।

पीडित सात महिनादेखि एक महिला कलेजकी शिक्षिका थिइन्।

आरोपी र महिला एक अर्कासँग परिचित थिए। सोमवार जब ती युवाले प्रेम प्रस्ताव राखे तब शिक्षिकाल अस्वीकार गरेकी थिइन्। त्यसपछि उनले महिलालाई जलाएका थिए। 

यो मामिला थाहा पाउनेबित्तिकै प्रहरीले एक्सनमा आएर आरोपीलाई पक्राउ गरेको छ।

समाचार अनुसार ती युवक शिक्षिकाको बिहे अन्यत्रै हुन लागेपछि रिसाएका थिए।

पुलिस इन्स्पेक्टर सत्यवीर भान्डीवरका अनुसार पीडितलाई उपचारका लागि तत्कालै नागपुर अस्पतालमा भर्ती गरिएको छ।

samajikkhabar.com